+
Search

ताजा अपडेट +

पपुलर +

विदुरका तीन स्थानमा झोलुङ्गे पुल बन्ने

विदुरका तीन स्थानमा झोलुङ्गे पुल बन्ने
त्रिशूली प्रवाह
४५ मिनेट अगाडी

विदुर । गत भदौ १० गतेको भोटेकोसी–त्रिशूली विध्वंसकारी हिमबाढीले बगाएको नुवाकोट जिल्लाका एक दर्जन झोलुङ्गे पुलमध्ये विदुर नगरपालिकाभित्रका तीनवटा झोलुङ्गे पुल यसै वर्ष बन्ने भएका छन् । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयमार्फत त्रिशूली नदी वारपार गर्न पुल निर्माणका प्रक्रिया अगाडि बढेको छ । पुल निर्माण चालू आवभित्र हुने जानकारी पूर्वाधार विकास निर्देशनालयले दिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

निर्माण हुने पुलको टेन्डर तिहारअघि नै खोलेर मूल्याङ्कन प्रक्रिया सुरु गरिएको सूचना अधिकारी वरिष्ठ इन्जिनियर उसेस श्रेष्ठले जानकारी दिनुभयो । चालू आवभित्रै निर्माण हुनेमा विदुर–१०, १ नम्बर पुलसँगै तिरभिर र विदुर–७ जोड्ने दुई सय ५४ मिटरको डी टाइपको पुल, विदुर–४ र विदुर–१२ सिमचौर, गौरीबेँसी जोड्ने एन टाइपको दुई सय ३० मिटरको पुल र विदुर–४ मेरी स्टोप्समार्ग बट्टार, हावाघर र विदुर–१२ कफीघारी जोड्ने एन टाइपको तीन सय ४७ मिटर पुल रहेको छ । निर्माणका लागि गत असोज ३० गते टेन्डर भएको थियो । उक्त टेन्डरको प्रक्रिया पूरा गरेर निर्धारित मितिभित्र परेका प्रस्तावको निर्देशनालयले प्राविधिक र आर्थिक मूल्याङ्कन गरिरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

Suzuki New Bike & Scooter

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह