फुटसलमा ज्याङदे युथ सोसाइटी धुन्चे विजयी

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:३८

धुन्चे, रसुवा जिल्लामा सञ्चालित प्रथम अकियास फुटसल ज्याङदेन युथ सोसाइटी धुन्चेले हात पारेको छ ।

शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्जवलित समाज (अकियास) को आयोजनामा सञ्चालन भएको फुटसल प्रतियोगिता शिक्षा, स्वास्थ्य, खेलकुद, साँस्कृतिक र पर्यटन विकासका क्षेत्रमा युवा वर्गलाई समावेंश गरी समाजको सर्वकालिन हितको लागी अग्रसर बनाउने उद्देश्यले जिल्लामै पहिलो पटक गरिएको अकियासका अध्यक्ष निवेश श्रेष्ठले बताउनु भयो ।

पौष २८ देखि जिल्लाका पाचै वटा गाउँपालिकामा समावेंश हुने गरि खेलाइएको फुटसल शनिबार सम्पन्न भएको थियो । फुटसल प्रतियोगितामा ज्याङदे युथ सोसाइटी धुन्चे प्रथम भएको थियो भने द्धितिय ड्रिम युथ, तृतिय थण्डर ब्वाइज स्याफ्रु भएको थियो । प्रथम ,द्धितिय, तृतिय लाई नगद १५ हजार, ८ हजार र ५ हजार रूपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा नृत्य प्रतियोगिता समेत भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।