+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एसोसिएसनको रू.दुई लाख सहयोग

बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एसोसिएसनको रू.दुई लाख सहयोग
त्रिशूली प्रवाह
३० मिनेट अगाडी

काठमाडौँ । रसुवा जिल्लामा आएको बाढी तथा विपत्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एसोसिएसनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.दुई लाख पाँच हजार पाँच सय ५५ सहयोग गरेको छ । एसोसिएसनले सङ्कलन गरेको उक्त सहयोग रकमको चेक अध्यक्ष कामेश्वरप्रसाद सिंहको नेतृत्वको टोलीले अर्थसचिव घनश्याम उपाध्यायलाई हस्तान्तरण गरेको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रसुवामा आएको बाढीका कारण जनधनको क्षति हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जनजीवन प्रभावित भएको अवस्थामा विपत्मा परेका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एसोसिएसनले उक्त रकम उपलब्ध गराएको अध्यक्ष सिंहले बताउनुभयो । प्राकृतिक विपत्का समयमा राज्यको उद्धार तथा राहत अभियानलाई सहयोग गर्नु सबै नागरिक तथा पेसागत संस्थाको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभएको छ । एसोसिएसनका अनुसार मुलुकभर पूर्वाधार निर्माण, सडक, खानेपानी, सिँचाइ, भवन तथा अन्य विकास निर्माणका क्षेत्रमा सबइन्जिनियरलगायत डिप्लोमा तहका प्राविधिक जनशक्तिले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् । पेसागत अधिकार, प्रमाणीकरण तथा नियमनका विषयमा अझै स्पष्ट र संस्थागत व्यवस्था आवश्यक रहेको एसोसिएसनको धारणा छ । एसोसिएसनको पहलमा डिप्लोमा इन्जिनियरिङ परिषद् गठन गर्ने प्रस्ताव अघि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह