विदुर । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारी थालेको छ । आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको तयारीका लागि नुवाकोटमा जिल्ला सचिव श्रीराम श्रेष्ठलाई र बागमती प्रदेश कार्यसमिति सदस्य उपेन्द्र लम्साललाई रसुवामा संयोजक तोकेको छ ।


नुवाकोटमा देउवा पक्षको वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ । जिल्ला कार्यसमितिले क्षेत्र नं २ मा पालिका अधिवेशन आगामी कात्तिक ११ गते, प्रदेश सभा र क्षेत्रीय अधिवेशन कात्तिक १२ गते र जिल्ला अधिवेशन कात्तिक १५ गते गर्ने कार्यतालिका प्रकाशन गरेको छ । त्यसैगरी क्षेत्र नं १ मा असोज २० देखि कात्तिक ११ गतेभित्र प्रदेश/क्षेत्र अधिवेशन गर्ने तयारी छ । दुवै जिल्ला संयोजकले देउवा पक्षबाट गर्नुपर्ने सङ्गठनात्मक तथा अधिवेशनसम्बन्धी काम अघि बढाइरहेका छन् । समानान्तर महाधिवेशनका लागि नुवाकोटमा ध्रुव अधिकारी र रसुवामा बालचन्द्र पौडेललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।





प्रतिक्रिया