जिल्लाकै अग्लो गुम्बा क्याङजेन गुम्बा

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७६, आईतवार १२:०८

धुन्चे, रसुवा जिल्लाको समुद्री सतहबाट ३ हजार ७ सय ९८ मिटरको उचाईमा रहेको जिल्लाकै अग्लो गुम्बा क्याङजेन गुम्बाको पुनःनिर्माण सम्पन्न भएकोे छ ।

लामा मिङग्युर दोर्जेका दुई छोरा जेठो रिन्जेन पेमा दोर्जे दोमारे र कान्छो क्विसाङ ग्युर्मी ल्हेन्डु परेले गुम्बा निर्माण गरेका हुन् । गुम्बाको वास्तविक नाम ओमे क्षोलिङ गुम्बा हो । अहिले यसलाई क्याङजेन गुम्बाले सबैले चिन्छन् ।
विगतमा आफ्ना बाबुसँग दुई छोराले चारवटा गुम्बा निर्माण गर्ने प्रस्ताव राख्दा बुवाले भन्नु भएछ, चारवटा गुम्बा निर्माण गर्दा गाह्रो हुन्छ बरु चारवटा गुम्बा बराबरको दिब्री÷ल्वोरी एउटै गुम्बामा लेखेर गुम्बा निर्माण गर्नु । बाबुको आज्ञाअनुसार ती दुई भाईले क्याङजेन गुम्बाको निर्माण गरेका थिए ।

गुम्बाको भित्तामा चारवटा गुम्बा बराबरको दिब्री तथा ल्वोरीका चित्रहरु लेखिएका छन् भने २०७२ को भूकम्पमा भत्किएको थियो । अहिले गुम्बाको जिर्णद्धार गरिसकिएको छ । गुम्बा निर्माण पश्चात् यस क्षेत्र विगतदेखि नै क्याङजिङ गुम्बा भनेर प्रख्यात छ ।