+
Search

ताजा अपडेट +

पपुलर +

जनगणनाको सन्दर्भमा जिल्लास्तरीय अन्र्तक्रिया

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्लास्तरीय अन्र्तक्रिया सरोकारवालाबीच सोमबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

तथ्याङ्क कार्यालय नुवाकोट रसुवाको आयोजनामा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नाराका साथ प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको अध्यक्षतामा एकदिने अन्र्तक्रिया गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा गणक राख्दा डाटा इन्ट्री गर्न सक्ने दक्ष ब्यक्ति छनौटलगायत कोही नछुटुन, कोही नदोहोउन् भन्ने नारा अनुसार कै काम हुनुपर्ने सरोकारवालाले बताएका थिए ।

संविधानको धारा ८४, धारा १ सय ७६ तथा धारा २ सय ६ (घ) प्रतिनिधीसभा तथा प्रदेशसभाको क्षेत्र निर्धारणको लागि भुगोल जनसङ्ख्यालाई महत्वपूर्ण आधार मानेको तथ्याङ्क अधिकृत नरेन्द्रराज भट्टले बताउनु भयो । उहाँले जनगणनाको इतिहास तथा २०७८ को विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

अन्र्तक्रिया गोष्ठीमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी कालिजंग गणका प्रमुख सेनानी (गणपति) सर्वेन्द्र नगरकोटी, शसस्त्र प्रहरी बलका प्रमुख, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान अधिकृत, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, कालिका गाउँपालिकाकी प्रमुख सिता अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृतलगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह