+
Search

ताजा अपडेट +

पपुलर +

साढे दुई किलो सुन सहित ६ जना पक्राउ

त्रिशूली प्रवाह
६ साल अगाडी

– सरस्वती न्यौपाने
धुन्चे, नेपाल र चीनको एकमात्र सञ्चालनमा आएको उत्तरी नाका रसुवागढीबाट सोमबार साढे दुई किलो सुनसहित ६ जना ब्यक्ति पक्राउ परेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीकाअनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं.–५ का ३४ वर्षिय नवाङनुर्पु तामाङ, २४ वर्षिय ग्याल्जेन शेर्पा, २३ वर्षिय सुप्पा लामा, ३२ वर्षिय सुवास तामाङ, १९ वर्षिय साङा तामाङ र दोलखा तामाकोशी गाउँपालिका वडा नं.–५ का २३ वर्षिय तुलनारायाण श्रेष्ठ रहेका छन् ।

सोमबार पक्राउ परेको रसुवागढी नाकाबाट काठमाडौं जाँदै गरेको ना.१ झ.३५४२ नं.को टाटासुमोमा लुकाई–छुपाई लैजादै छ भन्ने विशेष सुराकीको आधारमा दिउँसो ३ बजे नेपाल प्रहरी शसस्त्र प्रहरी बलको टोलीले नाकामा चेकजाँच गर्दा सुन भेटिएको प्र.जि.अ.भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेको सुनको मूल्य करिब १ करोड ६० लाख बराबरको रहेको छ ।

२०७२ सालको भूकम्पपछि सञ्चालनमा आएको रसुवागढी नाकामा पछिल्लो समय सुन तस्करी मार्गको रूपमा परिणत भईरहेको छ । पक्राउ परेका चालक सहित ६ जनालाई सदरमुकाम धुन्चे ल्याएर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह