+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल तामाङ संघ रसुवाको अध्यक्षमा थिङ

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे, नेपाल तामाङ संघ रसुवाको दोस्रो जिल्ला अधिवेंशनबाट उत्तरगया गाउँपालिका वडा नं.–४ का लिलाबहादुर थिङ अध्यक्षमा सर्वसम्मत् निर्वाचित भएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गासाइँकुण्ड गाउँपालिका वडा नं.–२ का कामछिरिङ तामाङ उपाध्यक्षमा कालिका गाउँपालिका वडा नं.–२ का पिपलमाया घले, महासचिवमा गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ का प्रमोदकुमार तितुङ, सचिवमा नौकुण्ड गाउँपालिका वडा नं.–६ का धर्मराज गोले, सहसचिवमा उत्तरगया गाउँपालिका वडा नं.–३ का रेशम तामाङ, कोषाध्यक्षमा आमाछोदिङ्मो गाउँपालिका वडा नं.–५ का सिता तामाङ रहेका छन् ।
त्यसैगरी, जिल्लाको सबै भेगलाई समेटेर १४ जनालाई केन्द्रीय प्रतिनिधीमा चयन गरेको छ । केन्द्रीय प्रतिनिधीमा गोसाइँकुण्ड गाउँपालिका वडा नं.–३ का नुर्पु तामाङ, आमाछोदिङ्मो गाउँपालिका वडा नं.–३ का अविनाश तामाङ, कालिका गाउँपालिका वडा नं.–५ का पुतलीमाया तामाङ, उत्तरगया गाउँपालिका वडा नं.–१ का आशाविर तामाङ र नौकुण्ड गाउँपालिका वडा नं.–१ का सन्दिप तामाङ चयन भएका छन् । अरूको नाम समितिले पछि सार्वजनिक गर्ने जानकारी दिएको छ । राष्ट्रियता लोकतन्त्र समाजवाद र तामाङ एकतालाई मजबुद बनाउने संकल्पका साथ सशक्त ढंगबाट आफ्नो संगठनलाई परिचालन गर्ने उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष लिलाबहादुर थिङले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह