तामाङ समुदाय विकृति हटाउने अभियानमा

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:३२

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ धुन्चेमा तामाङ समुदायले आफ्नो समाजमा रहिरहेको विकृतिलाई समयअनुसार सुधार गर्दै संस्कृति बचाउन लागिपरेका छन् ।

फागुन १७ गते १५ जनाको कार्य समिति बनाई दुङलाङ समाजको निर्माण गरी परम्पराको रुपमा चल्दै आएको धर्म र संस्कृति बचाई विकृती हटाउन र विवाह गर्दा, सुत्केरी हुँदा, बिरामी हुँदा र घर सर्दा र कुनै सामाजिक काम गर्दाको कार्य ब्यवस्थापनका लागि छुट्टा–छुट्टै निर्णय भएको छ ।

अभियान नै शुरु गरी कला, संस्कृतिसँग सम्बन्धित रहेको विकृति रोक्ने विकास निर्माणका काममा रेखदेख गर्ने र उन्नत समाज निर्माणका काममा चासो दिने र उन्नत समाज निर्माण गर्न अबका दिनमा दाईजो प्रथा, देखासिखी भोज, भतेर गर्न नपाइने भएको छ ।

समाजका संरक्षक गोसाइँकुण्ड गाउँपालका वडा नं.–६ का वडाध्यक्ष दावासिदार वाईवा रहने छन् । टुल्कु छोलिङ गुम्बा ब्यवस्थापन समितिको जग्गामा शंखपार्क निर्माणको लागि जग्गा ब्यवस्थापन गरेर काम अगाडी बढाइने दुङलाङ समाजका सचिव प्रमोदकुमार तितुङले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।