+
Search

ताजा अपडेट +

पपुलर +

सुख्खा बन्दरगाहको निर्माण कार्य तिव्र

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–२ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाईएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल ईन्टरमोडेल डेभलपमेन्ट कम्पनीको रेखदेख र चीन सरकारको सहयोगबाट बन्न लागेको बन्दरगाहका लागि अधिकांश बगरको सतह मिलाउने काम सम्पन्न भईसकेको छ । करिव चारसय ट्रक तथा कन्टेनर अट्ने क्षमताको बन्दरगाह निर्माण गर्न गत मंसिर ४ गतेबाट नै काम शुरु गरिएको थियो ।

फुलि कन्स्ट्रक्सन ग्रुप कम्पनीले पहिलो चरणमा बन्दरगाहको क्षेत्रको नदि नियन्त्रणका लागि भोटेकोशीमा मेशिनरी पर्खाल लगाउने तयारीमा जुटेका छन् भने टिमुरे गाउँको पश्चिमतर्फको खोला किनारको जमिन बन्दरगाहका लागि नेपाल सरकारद्वारा आफ्नो नाउँमा भुमिको स्वामित्व कायम गराई सकेपछि त्यसभित्र रहेका १३ वटा घर टहराको अझै मुल्याङ्कन हुन नसकेको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–२ को कार्यालयले जनाएको छ ।

छोटो अवधीमै छिटो काम सम्पन्न हुन लागैपछि बन्दरगाहको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र रेखदेख गर्ने नेपाल ईन्टरमोडेलका प्राविधिकले जिम्मा पाएपनि नेपाली प्राविधिक अधिकांश समय काठमाडौं बस्ने गरेको जनगुनासो आएको छ । नेपाली प्राविधिक प्रायः काठमाडांै बस्ने र स्थलगत रुपमा निर्माण कम्पनीका ठेकेदारको मातहतमा रहने कर्मचारी मात्र रहँदा डिजाइन विपरित निर्माण हुन्छ कि भन्ने चिन्ता गर्दै टिमुरेका स्थानीयबासीले प्राविधिकलाई नियमित रुपमा टिमुरे बस्ने वातावरण बनाउन सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह