रसुवामा प्लाष्टिकमुक्त अभियान शुरु

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:२७
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्लालाई प्लाष्टिकजन्य फोहरमुक्त बनाउने अभियान शुरु भएको छ ।

दिगो विकासका लागि साँझेदारी नेपाल नामक संस्थाले जथाभावी फालिएको फोहोर, प्लाष्टिक बोतल संकलन गरी नमुनाको रुपमा प्लाष्टिकको घर समेत निर्माण गरेको छ । ब्रिटिस भोलेन्टियर स्यामुल जोनको सहयोगमा प्लाष्टिकमुक्त अभियान थालनी गरी गोसाइँकुण्ड गाउँपालिका वडा नं.–५ स्याफ्रुस्थित तिवारीवगर प्लाष्टिकको नमुना घर तयार गरेको संस्थाका स्वयम्सेवक विनोद लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । उहाँले लाङटाङबाट प्रतिबोतल एक रुपैयाँमा खरिद गर्ने स्याफ्रुवेंशी–धुन्चे–कालिकास्थान–बेत्रावती र नुवाकोट ढुङ्गेबाट प्रतिकिलो ३५ रुपैयाँका दरले प्लाष्टिकका बोतल पोखरा लैजाने गरेको बताउनुभयो ।

रसुवाको विभिन्न वस्तीमा प्लाष्टिकमुक्त बनाउन र स्वच्छ वातावरण तयार गरी पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउने विभिन्न रोग लाग्न नदिन स्थानीयतहसँग समन्वय तथा छलफल गरी वातावरण जोगाउने अभियान थालनी गरिएको स्वयम्सेवक लामिछानेले बताउनु भयो ।