विनपाको बाझो खेतबारी उपभोगको नीति

  • त्रिशूली प्रवाह
  • १९ बैशाख २०७७, शुक्रबार १०:००

विदुर, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डिते कोरोना भाईरसको यो विश्वब्यापी संक्रमणले समस्या मात्रै ल्याएको छैन, अवसर पनि लिएर आएको बताउनुभएको छ । विदुर नगरपालिकामा डेढ महिनाको अवधिमा फर्किएका कत्ति छन्, उनीहरुलाई कृषि पेशामा कसरी केन्द्रित गर्न सकिन्छ भनेर नगरपालिका अहिले नयाँ कृषि नीति बनाएर लागु गर्न लागेको छ । नगरपालिकाले खाद्यान्न उत्पादन बृद्धि गर्नको लागि नगरभित्रका खाली जमिनको तथ्याङ्क संकलन शुरू गरेको छ ।

नगरपालिकाले सोमवार सार्वजनिक अपिल गरेर बाझो रहेको खेतवारीलाई कृषि उब्जाउमा प्रयोग गर्नका लागि आग्रह गरेको छ । लकडाउन लम्बिदा पनि हामीलाई हुने खाद्यान्न अभावको पुर्ती यहीबाटै गर्न नगरपालिका प्रायासरत देखिएको छ । ग्रामिण भुगोल बढिरहेको विदुर नगरपालिकाका नागरिकको मुख्य आयश्रोत अहिले पनि कृषि नै हो । तर यहाँका युवाशक्ति बैदेशिक रोजगारी र अन्य ब्यवसाय पेशाका लागि बाहिर रहँदा जमिन बाझो हुन थालेको थियो । बजारोन्मुख क्षेत्रका जमिन घडेरीका लागि टुक्र्ने क्रम तिव्र छ । अब यसलाई सुधार गर्दै लैजाने योजना स्थानीय सरकारले बनाएको छ ।
पोहोर खपत भएको भन्दा बढि धानको बिउ अब नुवाकोटमा चाहिने भन्दै विदुर नगरपालिकाका प्रमुख पण्डितले कृषि ज्ञान केन्द्रलाई आवश्यक बिउ अहिलेदेखि नै भण्डारण गर्न आग्रह गरेका छन् । अब विदुर नगरपालिका र सिङ्गै जिल्लामा खेतीपाती बढ्ने र सोही कारण बिउको माग समेत बढि हुने बुझाई उहाँको छ । कृषि पेशामा रहेका नागरिकका लागि स्थानीय सरकार गम्भिर रहेको र कृषकलाई मद्दत गर्ने अभियानको सुरुवात भईसकेको छ । यही क्रममा विदुर नगरपालिकाले कृषि सहकारी र कृषकका लागि बिउ तथा मलखादको आपुर्तिमा काम गरिरहेका र नगरभित्रका अन्य सहकारीसँग छलफल गरेर आवश्यक सहयोग गर्ने जानकारी दिएको छ । रसायनिक मल खरिदमा कृषकहरु नठगिउन् भनेर विदुर नगरपालिकाले मुल्यदेखि सहज आपुर्तीको ब्यवस्था मिलाईसकेको जानकारी प्रमुख पण्डितले दिएका छन् । गरीखानेको लागि नगरपालिकाले सहयोग गर्ने बताएको छ । कोरोना भाईरसका कारण लामो समयसम्म अब बैदेशिक रोजगारी समेत प्रभावित हुने छ । विदेशमा भएकाहरु लकडाउनको अन्त्यसँगै गाउँ फर्कने सम्भावनालाई लक्षित गरी कृषि सुधार र कृषिमा नागरिकलाई आकर्षित गर्ने योजना र बजेटको तयारीमा नगरपालिका लागिरहेको छ ।