आलुखेती गर्ने कृषकलाई मिनि ट्याक्टर वितरण

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:०९

धुन्चे, रसुवा जिल्लामा आलुखेती खेतीलाई ब्यवसायिकरण गर्दै आत्मनिर्भर बनाउन अनुदान स्वरुप कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन आयोजनाले मिनिट्याक्टर र स्प्रेयर प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन सञ्चालक समिति रसुवाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकले ब्यहोरेर पहिलो चरणमा १२ वटा मिनि ट्याक्टर र २६ वटा स्प्रेयर उत्तरगया गाउँपालिका वडा नं.–५ बनुवा घुम्तीका कृषक समुहमा आवद्ध कृषकलाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजित गरिएको ५० प्रतिशत अनुदान रकमबाट परियोजनामा सुचिकृत भएकालाई आवश्यकताको आधारमा वितरण गरिएको जोन सञ्चालक समितिका अध्यक्ष फुर्पुसिंगी तामाङले बताउनुभयो । उक्त वितरण कार्यमा उत्तरगया गाउँपालिका वडा नं.–५ को वडाध्यक्ष ईश्वर थापा, जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।