कोरोना उपचार कोषमा : मेरो माईक्रोबाट २५ लाख सहयोग

बट्टार, नुवाकोटको विदुर नगरपालिका वडा नं.–२ बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाले कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम सहयोग गरेको छ ।

मेरो माईक्रो फाईनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २५ लाख ६० हजार ७ सय १९ रूपैयाँको चेक राष्ट्रिय वाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा गत बिहीबार जम्मा गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिन बराबरको पारिश्रमिक समावेंश गरिएको कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसँग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको उनले बताए । असार लागेपछि लकडाउन खुकुलो पारिँदा ब्यापार ब्यवसाय पुनः सूचारु भए पनि अर्थतन्त्र ओरालो लागेको अवस्था भन्दै सीईओ दाहालले यस किसिमको सहयोग निरन्तर जारी राख्ने बताए । मेरो माईक्रोले ५९ जिल्लामा १ सय २० शाखामार्फत लघुबित्तीय सेवा दिईरहेको छ ।