+
Search

ताजा अपडेट +

पपुलर +

वाग्मतीमा चौबिस सय आईसोलेसन शैया थपिंदै

वाग्मतीमा चौबिस सय आईसोलेसन शैया थपिंदै
त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि वाग्मती प्रदेश अन्र्तगत नुवाकोटसहित ११ वटा जिल्लामा प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि आईसोलेसन शैया थप गर्न लागेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रदेशको कोभिड–१९ संकट ब्यवस्थापन समितिले आईसोलेसन शैया थप गर्न लागेको हो । समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले २ हजार ४ सय ५० नयाँ शैया थप गर्ने निर्णय गरेको थियो । अहिले प्रदेशमा १ हजार २ सय १८ वटा आईसोलेसन शैया तयारी अवस्थामा रहेको छ । समितिका अनुसार उपत्यकाका ३ जिल्लामा एक हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपाल्चोकमा एक सय र दोलखा, रामेछाप र रसुवामा ५०÷५० शैया आईसोलेसन कक्ष निर्माण गर्ने भएको छ । वैदेशिक रोजगारमा गएर स्वदेश फर्कने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकामसम्म पुग्ने यातायातको ब्यवस्था खर्च वैदेशिक रोजगार बोडैले ब्यहोर्नुको लागि केन्द्रीय कोरोना संकट ब्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीयतहसम्मको यातायात खर्च स्थानीयतहले ब्यवस्था गर्ने निर्णय समितिले गराएको छ ।

Suzuki New Bike & Scooter

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि वाग्मती प्रदेशमा आईसोलेसन शैया थप गर्ने निर्णय गरेका छौं, मुख्यमन्त्री पौडेलले भने, विदेशबाट आउने वाग्मती प्रदेशका नागरिकलाई सुरक्षित रूपमा काठमाडौंमा रहेको होल्डिङ सेन्टरदेखि जिल्ला सदरमुकामसम्म पु¥याउन आर्थिक ब्यवस्थापनमा समन्वय पनि गर्नेछौं । कोभिड–१९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमध्ये केन्द्रबाट प्राप्त हुने सामाग्री बाहेक प्रदेशलाई आवश्यक पर्ने सामाग्रीको ब्यवस्थापन, प्रदेशस्तरमा पीसीआर परीक्षण र प्रयोगशालाको क्षमता बढाउन सामाजिक विकास मन्त्रालयलाई ब्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा ब्यवस्थापनको कार्य जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले स्थानीयतहसँग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नुपर्ने भएमा लागत अनुमानलगायतका काम भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह