निलकण्ठ क्याम्पसलाई क्यूएएको मान्यता

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार १३:३१
Logo of trishuli prawaha

धादिङवेंशी, धादिङ जिल्लाको धादिङवेंशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को मान्यता पाएको छ । क्यूएए प्रमाणपत्र पाएपछि क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा मान्यता दिईने छ ।

विश्व विद्यालय अनुदान आयोगले अनलाईनमार्फत कार्यक्रम गरेर निलकण्ठ क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यापन (क्यूएए) प्रमाणपत्र गत हप्ता प्रदान गरेको थियो । धादिङ जिल्लाबाट क्यूएए प्रमाणपत्र पाउने निलकण्ठ पहिलो क्याम्पस हो ।