+
Search

ताजा अपडेट +

पपुलर +

मेडिकल तथा सर्जिकल सामग्री हस्तान्तरण

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे, एसिया अनलुस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले जिवजिवे ग्रामीण अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल तथा सर्जिकल सामग्री हस्तान्तरण गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कोरोना भाईरस (कोभिड–१९) को महामारीको समयमा संस्थाले आईसोलेसनका लागि आवश्यक पर्ने बेड तथा अक्सिजन ग्यास तथा सिलिण्डर, सेनिटाइजर, एन–९५ माक्स, सर्जिकल माक्स, एप्रोन, ग्लोब्स, बुटलगायतका सामाग्री एसिया अनलुसका कार्यक्रम निर्देशक नवराज आचार्यले कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाले प्रदान गरेको सामाग्रीले स्वास्थ्य संस्थाका लागि सेवा प्रवाहमा निकै सहज हुने अस्पतालका मेडिकल अधिकृत डा.पंकज लुइटेलले बताउनुभयो ।

ग्रामीण अस्पतालका डा.उज्जवल पौडेलले उक्त सामाग्री बुझ्नुभएको थियो । सो कार्यक्रममा निर्देशक आचार्यले ईटालीमा दर्ता भएको संस्थाले बर्मा, चीन, मंगोलिया र नेपालमा काम गरिरहेको बताउनुभयो । उहाँले संस्थाले विनाशकारी भूकम्प प्रभावित नौकुण्ड गाउँपालिकामा चारवटा भवन निर्माण गरेको र अहिले पनि कृषिमार्फत स्थानीयको जिवीकोपार्जन, शिक्षा र सरसफाईको क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा संघीय समाजवादी पार्टीका कृष्णबहादुर तामाङ, नेपाली काँग्रेसका साधुराम पौडेल, नेकपा जिल्ला सचिवालय सदस्य अर्जुनप्रसाद देवकोटा, कालिका गाउँपालिका वडा नं.–५ का वडाध्यक्ष रामहरि देवकोटा, गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलगायतले कोरोना महामारीको समयमा संस्थाले प्रदान गरेको सहयोगको प्रशंसा र धन्यवाद ब्यक्त गरिएको थियो । गाउँपालिकाले जिवजिवे र ईटपारेमा माक्स तयार गर्ने मेसिन समेत स्थानीय संघ संस्थालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह