रसुवा/नुवाकोटमा शिखरको चार करोड प्रिमियम संकलन

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १४:२३

बट्टार, विदुर नगरपालिका वडा नं.–४ बट्टारमा रहेको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६÷०७७ मा रसुवा÷नुवाकोटबाट ३ करोड ८७ लाख ९७ हजार ७ सय ५३ रुपैयाँ १४ पैसा बीमा प्रिमियम रकम संकलन गरेको छ ।

नुवाकोट र रसुवा कार्य क्षेत्र रहेको कम्पनीले अघिल्लो आर्थिक वर्षको भन्दा प्रिमियम संकलन बढेको नुवाकोट शाखाका प्रमुख सुरेन्द्र राईले बताए । प्रमुख राईकाअनुसार २ हजार ७ सय २ जना कृषकको बीमा १ सय ३२ परिवार, ६ सय ३७ घर, ५ सय ८२ वटा गाडी, ६ सय ५९ वटा मोटरसाईकल र ५६ वटा ठेक्काको बीमा गरिएको थियो । साथै, कम्पनीले एक आर्थिक वर्षमा ५ सय २ वटा गाई, २ हजार २ सय ४ वटा भैसी, २ हजार ३ सय ४२ वटा बाख्रा, ४१ वटा बंगुर, १० हजार वटा माछा, ७७ हजार ४ सय १५ वटा कुखुरा र ४ सय १९ वटा चौरीको बीमा गरेको प्रमुख राईले बताए । त्यस्तै १ सय ३२ परिवारको कोरोना बीमा र विभिन्न संघ–संस्थाका कर्मचारी गरी जम्मा ६ सय ६९ जनाको कोरोना बीमा गरेको थियो ।

कम्पनीकोे पशुतर्फ ३२ करोड ५५ लाख ६७ हजार ४ सय रुपैयाँ विमाङ्क रकम रहेको छ भने कुखुराको ४ करोड, ४४ लाख ४ हजार ३ सय २९ रुपैयाँ, गोलभेडाको ५९ लाख ९७ हजार ४ रुपैयाँ, माछाको १९ लाख ७ हजार ५ सय रुपैयाँ र ६ वटा माछा पोखरी ३१ लाख ५० हजार ७ सय ५० रुपैयाँ विमाङ्क रकम रहेको छ । एक आर्थिक वर्षमा कृर्षितर्फ १ करोड ८४ लाख ६७ हजार ५ सय २० रुपैयाँ प्रिमियम संकलन भएकोमा बीमा वापत क्षति भुक्तानी पशुको ७९ लाख ६३ हजार ४ सय ८० रुपैयाँ, कृषि (गोलभेडा) को ४ लाख १५ हजार, स्वास्थ्य र गाडीको ४० लाख गरी जम्मा बीमा भुक्तानी १ करोड २३ लाख ७८ हजार ४ सय ८० रुपैयाँ रहेको प्रमुख राईले बताए । पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् । त्यसका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित किसान अथवा फर्म क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने हुन्छ । कम्पनिका अनुसार क्षति भएको २४ देखि ४८ घण्टासम्ममा प्राविधिक घटनास्थलमा पुग्ने र कागजी प्रक्रिया पुगेको अवस्थामा ७ देखि २१ दिनभित्रमा क्षतिपुर्ति रकम दिने बताइएको छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजात संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ९० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक कृषकलाई दिंदै आएको छ ।

०७१ साल चैत्र १ गते नुवाकोटमा स्थापना भई बीमा क्षेत्रमा कार्य गर्दै आएको यस कम्पनीले रसुवामा समेत आफ्नो विश्वसनियता कायम गर्न सफल भएको छ । यस कम्पनीमा नुवाकोटमा ७ जना र रसुवामा १ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीमा दुई जना पशु प्राविधिक समेत रहेका छन् ।

.