प्रदेश प्रहरीको कार्यालयमा कर्भडहल शिलान्यास

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १४:३८
Logo of trishuli prawaha

हेटौंडा, वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा परिसरभित्र निर्माण हुन लागेको कर्भड हलको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक बसन्तकु्मार लामाले शुक्रबार शिलान्यास गर्नुभयो ।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक स्रोत तथा अन्य निकायको आर्थिक सहयोगमा निर्माण हुने कर्भडहलमा खेलकुदका विविध गतिविधी सञ्चालन गर्न सहज हुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक लामाले बताउनु भयो । कभर्डहल (बहुउद्देश्यीय भवन) निर्माणको लागि अनुमानित लागत ८४ लाख रूपैयाँ रहेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिनुभयो । निकट भविष्य नै प्रहरी समायोजनपछि यसै कार्यालयबाट प्रदेश प्रहरी प्रधान कार्यालयको रूपमा काम गर्नुपर्ने भएकोले प्रहरीको आन्तरिक गतिविधीलगायत खेलकुद सञ्चालन गर्न कर्भडहल निर्माण गरिएको हो ।