+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरू

विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरू
त्रिशूली प्रवाह
५९ मिनेट अगाडी

विदुर । नुवाकोट युनाइटेड फुटबल क्लब (एनयुएफसी) को आयोजनामा आइतबारदेखि सुरू भएको पाँचौँ एनयुएफसी जिल्लास्तरीय फुटसल प्रतियोगिता-२०८३ बिहीबार सम्पन्न हुनेछ । ५८ टिमले भाग लिएको फुटसल प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले गर्नुभएको थियो ।

Utsuk Books & Stationery

प्रतियोगितामा जिल्लाका ३९ विद्यालयबाट छात्रतर्फ ४९ र छात्रातर्फ नौ वटा समूहको सहभागिता रहेको विदुर नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह