+
Search

ताजा अपडेट +

पपुलर +

सेनाले गोसाइँकुण्ड पदमार्गमा निर्माण गरेको भौतिक संरचना गोसाइँकुण्ड गाउँपालिकालाई हस्तान्तरण

त्रिशूली प्रवाह
६ साल अगाडी

– सरस्वती न्यौपाने

Satkar Machinery Center
Utsuk Books & Stationery

धुन्चे, लामटाङ राष्ट्रिय निकुञ्जको सुुरक्षार्थ रसुवामा खटिएको नेपाली सेना कालिजंग गणले निर्माण गरेको गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको भिरको बाटोमा रेलिङबारलगायत अन्य भौतिक संरचना आइतबार गोसाइँकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

Suzuki New Bike & Scooter

      नेपाली सेनाको नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका वडा नं.-५ मा रहेको गोसाइँकुण्ड जाने भिरको बाटोमा बुद्ध मन्दिरदेखि गोसाइँकुुण्डसम्म २ दशमलव ५८ किलोमिटर लामो रेलिङ तथा प्रवेशद्वार चोलाङपाटीमा ४०-४० फिटको विश्रामस्थल र बुद्ध मन्दिरमा १२-१२ फिटको सेडघरको निर्माण भएको थियो । गत जेठ २१ गतेबाट निर्माण सुरु गरिएको भौतिक संरचना असोज ११ गते ६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा नवनिर्मित भौतिक संरचनाहरू कालिजंग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लामटाङ राष्ट्रिय निकुञ्जकी कार्यालय प्रमुख सुष्मा रानाको रोहवरमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङलाई हस्तान्तरण गरेका थिए ।

     गत जेठ महिनादेखि गणका सहसेनानी रामभक्त आचार्यको नेतृत्वमा अधिकृत पदिक गरी ३६ जनाले अहोरात्र खटिई कोरोनाको असहज परिस्थिति वर्षात्को कुनै पर्वाह नगरी निर्धारित समयमै तोकिएको जिम्मेवारी पूरा गरेकोमा ६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्रेष्ठले उद्घाटनको अवसरमा धन्यवाद दिँदै प्रशंसा गरेका थिए । प्रधानसेनापतिको निर्देशन र लक्ष्यअनुसार छिटो लाभ पुग्ने योजनाअन्तर्गत निर्माणमा ५० लाख बजेट आएकोमा टेन्डर गर्दा अमृत घले निर्माण सेवाले निर्माण सामग्री तथा आपूर्तिको ठेक्का ३५ लाख ६ हजार ६ सय ६५ रुपैयाँ सम्झौता गरेको गणपति प्रमुख सेनानी नगरकोटीले जानकारी दिए । निर्माण गर्न गणले १० लाख १२ हजार तीन सय ६९ रुपैयाँबराबरको श्रमदान गरेको छ । सेनाले निर्माण गरिदिएको भौतिक संरचनाले गर्दा गोसाइँकुण्ड आवत–जावत गर्न सहज भएकोले आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने विश्वास गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले गरेका छन् ।

     सो कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका-५ का अध्यक्ष सिङ्गीदिण्डुप तामाङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष कान्र्याल लामा, नेपाली काङ्ग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय समाजसेवी, भूतपूर्वक सैनिक, स्थानीय होटेल व्यवसायीलगायत स्थानीय व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह