+
Search

ताजा अपडेट +

पपुलर +

खोज तथा उद्धार स्थगित पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित

खोज तथा उद्धार स्थगित पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित
त्रिशूली प्रवाह
४६ मिनेट अगाडी

विदुर । रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि निरन्तर सञ्चालन हुँदै आएको खोज तथा उद्धार कार्य सरकारले स्थगित गरेको छ । बाढीले बेपत्ता भएकाको जीवित उद्धारको सम्भावना नदेखिएपछि सरकार खोज तथा उद्धार कार्य रोकेर प्रभावितको पुनस्र्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सरकारले भोटेकोशी बाढीबाट विस्थापित भएकाको पुनस्र्थापना, बेपत्ता रहेकालाई मृत घोषणा गर्न कानुन संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम अघि बढाएको छ । बाढीबाट विस्थापित भएकाको पुनस्र्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न कानुन संशोधनका लागि अध्यादेशहरू जारी गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । भोटेकोशी–त्रिशूली हिमबाढीमा करिब पाँच हजार दुई सय ८५ व्यक्ति बेपत्ता र एक हजार चार सय ५५ जनाले ज्यान गुमाएका छन् । मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिको परिवारजन र आफन्त अझै उहाँहरू फर्किने आशामा बसेका छन् । सरकारले विपत्मा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्थामा संशोधनका लागि अध्यादेश जारी गर्न लागेको छ । विधायिकी प्रक्रिया हुँदै कानुन निर्माणमा जाँदा समय लाग्ने भन्दै सरकारले अध्यादेशमार्फत देवानीसंहिता, पञ्जीकरण ऐन अथवा विपत्सम्बन्धी कानुनमा यकिन गरी संशोधन समावेश गरेको छ । संवैधानिक व्यवस्थाबमोजिम संसद् जारी नरहेको अवस्थामा सरकारले आवश्यक रहेको कानुन अध्यादेशमार्फत ल्याउन सक्छ ।

Suzuki New Bike & Scooter

सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली हिमबाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरिसकेको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को गत सोमबारको बैठकले यस्तो निर्णय गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गतेदेखि सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा उपलब्ध स्रोतसाधन तथा जनशक्ति परिचालन गरी विपत् व्यवस्थापन गरिएको बताउनुभएको छ । उहाँले अब पुनर्निर्माण र पुनस्र्थापनाको काम पनि तीनै तहका सरकारको समन्वयमा अघि बढाइने बताउनुभयो ।

झन्डै नौ लाख सुरक्षाकर्मी परिचालन
भोटेकोशी हिमबाढीपछि ४० दिनको अवधिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै नौ लाख सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाली सेनाले दैनिक आठ हजारभन्दा बढी, नेपाल प्रहरीले करिब आठ हजार र सशस्त्र प्रहरीले पाँच हजारभन्दा बढी जनशक्ति खोज तथा उद्धारमा परिचालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह