+
Search

ताजा अपडेट +

पपुलर +

मुस्ताङ गुम्बामा रसुवाका बाढी प्रभावितलाई रू.पाँच लाख नगद र खाद्यान्न सहयोग

मुस्ताङ गुम्बामा रसुवाका बाढी प्रभावितलाई रू.पाँच लाख नगद र खाद्यान्न सहयोग
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काठमाडौँ । नेपाल रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सङ्घले गत भदौ १० गते रसुवाको भाटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आउनुभएका नागरिकलाई रु.पाँच लाख ५१ र खाद्यान्न सहयोग गरेको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

उक्त रकम र खाद्यान्न साँझ सङ्घका अध्यक्ष रूपेश गुरुङले रसुवाका गोसाईँकुण्ड-२ की कार्यवाहक वडाध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गर्नुभयो । उक्त गुम्बामा हाल रसुवाका एक सय ५५ परिवारका तीन सयभन्दा बढी नागरिकले आश्रय लिइरहेका छन् । बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति व्यहोर्नुपरेका प्रभावित परिवारलाई लक्षित गर्दै सहयोग उपलब्ध गराइएको सङ्घका अध्यक्ष गुरुङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

Suzuki New Bike & Scooter

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह