मन्त्रीको स्थलगत निरीक्षण सम्पन्न

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:३९

हेटौंडा, वागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जम्कट्टेलबाट असोज २३ गते वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको निरीक्षण भ्रमण गरी निर्देशन दिनुभएको छ ।

      निरीक्षण भ्रमणको क्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलको समेत सहभागिता रहेको थियो । मन्त्री समक्ष प्रदेश प्रहरी प्रमुखले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मन्त्रीबाट वागमती प्रदेश सरकारको बजेटबाट निकट भविष्यमा निर्माण हुने प्रदेश प्रहरी मुख्यालयको भवन निर्माणस्थलको अवलोकनका साथै प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको जानकारी प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले दिनुभयो ।