जेसिबी बिक्री कक्ष बट्टारमा

  • त्रिशूली प्रवाह
  • ७ कार्तिक २०७७, शुक्रबार ०९:४६

बट्टार, कोभिड–१९ को महामारीका कारण उद्योग ब्यवसाय संकटमा परेको गुनासो बढेपनि नुवाकोटमा नयाँ ब्यवसाय थपिने क्रम बढेको छ ।

     कोरोना महामारीको बीचमा पनि नुवाकोटमा जेसिबीको हेभिइक्वीमेन्ट बिक्री कक्ष नुवाकोटको बट्टारमा घटस्थापनाको दिनदेखि सञ्चालनमा आएको छ । उक्त बिक्री कक्षको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गर्नुभएको थियो । नेपालको लागि जेसिबी कम्पनीको स्काभेटर र ब्याकहो लोडरको अधिकारिक बिक्रेता एम ए डब्लु अर्थमुभर्स प्रा.लि. रहेको छ । एम ए डब्लुले नुवाकोट-रसुवा-धादिङको लागि बिक्री कक्ष एरो (ARO) नुवाकोट हेभिइक्वीमेन्ट प्रा.लि. बट्टारले सञ्चालनमा ल्याएको हो । झण्डै ५ करोडको लगानीमा सञ्चालन भएको नुवाकोट इक्वीमेन्ट प्रा.लि.ले जेसिबी स्काभेटर र ब्याकहो लोडरर्सको सेल्स, सर्भिस र स्पेर्यस सुविधा उपलब्ध गराएको छ । अब नुवाकोटमा विश्वप्रसिद्ध हेभिइक्वीमेन्ट जेसिबीको स्काभेटर ब्याकहो लोडर खरीद, मर्मत र स्पेर्यस पार्टस् बट्टारमै उपलब्ध भएको छ । नुवाकोटमा उद्धव अधिकारी र राजेन्द्र प्याकुरेलले सञ्चालन गर्नुभएको बिक्री कक्षबाट शुभारम्भको दिनमै जेसिबीको ब्याकहो लोडरर्स दुई थान बिक्री भएको छ ।