तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:४८
Buddha Eyes

कोरोनाले संसार नै त्राहीमाम्–त्राहीमाम् भईरहेको बेला हाम्रा सरकारको लहडी निर्णयले संक्रमण फैलिंदो ! कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारमा खटिनेलाई प्रोत्साहन भत्ता दिने भनेको आधा वर्ष भयो तर कामचोर कर्मचारी र स्कुल नै नटेकेका, संसदमा समस्या राख्न नसक्ने सांसद्लाई दशैं भत्ताले सत्ताको भजन किर्तन ! नुवाकोटमा भने मित्रराष्ट्रबाट आएका बिहारी भईयाले कोरोना फैलाउँदै पैसा कुम्ल्याउँदै फोर्सको खचाखाच ! स्थानीय प्रशासन र स्थानीय पालिकाहरूले जिल्ला बाहिर र सिमा पारीबाट आउनेको रेकर्ड राख्न नसंक्दा विरगन्ज बन्दै विदुर नगरपालिका । पिसिआर मेसिन जिल्ला भित्र्निु र कोरोना संक्रमण बढ्नु कस्तो संयोग । पिसिआर मेसिनको लागि मुसा प्रवृत्ति मौलाउँदै गर्दा दशैंको जमरा ओईलाउँदै जाँदा बजार अच्चकाली बढेको छ । बजार अनुगमन भईरहनु मूल्य बढ्नुको असहज कोरोना भाईरसलाई पन्छाउँदैमा न्याय होला र प्रजिअ ज्यू ?