स्वागत तथा सम्मान कार्यक्रम

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार ११:१६

त्रिशूलीबजार, नेपाल सुनचादी ब्यवसायी महासंघ वाग्मती प्रदेश समितिको निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई शुक्रबार नुवाकोटमा स्वागत तथा सम्मान गरिएको थियो ।

     नुवाकोट सुनचादी ब्यवसायी संघले वाग्मती प्रदेशमा निर्वाचित ज्योतीरत्न शाक्य र सदस्य भिमराज बज्रचार्यलाई स्वागत गर्दै सम्मान गरेको छ । गत महिना संघीय संरचनाअनुसार नेपाल सुनचादी ब्यवसायी महासंघले वाग्मती प्रदेश समितिको पहिलो अधिवेंशन गरेको थियो । नुवाकोटमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष प्रदिप शाक्य, सचिव सबिन अमात्य, सल्लाहकार शरण उत्सुक सापकोटालगायत निर्वाचित अध्यक्ष र कार्यसमिति सदस्यलाई फुलमाला र खादा लगाई स्वागत गर्दै सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा नुवाकोटका ब्यवसायीले आवश्यकताअनुसारको सुन खरीद गर्न नपाएको गुनासो गरेका थिए । नवनिर्वाचित अध्यक्ष ज्योतीरत्न बज्राचार्यले सरकारसँग सुन खरीद प्रक्रिया बैंकमार्फत भन्दा ब्यवसायीले सिधैं खरीदको ब्यवस्था गरीदिन माग राखेको जानकारी दिनुभयो । सुन ब्यवसायीको समस्या समाधान गर्न वाग्मती प्रदेश संघ जुटिरहेको समेत उहाँले बताउनु भयो ।