+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला प्रशासन अनिश्चितकालको लागि बन्द

जिल्ला प्रशासन अनिश्चितकालको लागि बन्द
त्रिशूली प्रवाह
५ साल अगाडी

धुन्चे, कोरोना रोगको संक्रमण बढ्दै गएपछि रोग नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय रसुवाले अति आवश्यक बाहेकका सेवा सोमबारदेखि अनिश्चित समयको लागि बन्द गरेको छ । रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले सूचना जारी गर्दै अनिश्चित समयको लागि शान्ति, सुरक्षा र विपद् ब्यवस्थापनसँग जोडिएका सेवा बाहेक अन्य सेवा कोरोना रोगको संक्रमणको जोखिमको कारण बन्द गरिएको जानकारी दिनुभएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

     जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध सेवा नागरिकता वितरण, नलाबालक परिचयपत्र वितरण, संघसंस्था दर्ता तथा नविकरण, राहदानीको फारम संकलन तथा वितरण, राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरणसहित कार्यालयबाट प्रवाह हुदै आएका अन्य काम सोमबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ । रसुवा जिल्लामा समुदायस्तरमा नै कोरोना रोगको संक्रमण देखिएको र अहिले लक्षणसहितको बिरामीको सङ्ख्या वृद्धि भएसँगै रोग नियन्त्रणको लागि सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा कटौती गर्न बाध्य भएको रसुवा प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म रसुवा जिल्लाभित्र ८६ जना र जिल्ला बाहिर २० जना गरेर कुल संक्रमितको सङ्ख्या १ सय ६ जना पुगेको छ ।

Suzuki New Bike & Scooter

     त्यसमध्ये ४० जना निको भईसकेका छन् भने बाँकीलाई सरकारी तथा घरको एकान्तबासमा चिकित्सको निगरानीमा राखिएको छ । रसुवामा कोरोना रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका, बाहिरी जिल्ला तथा विदेशबाट आएका संक्रमित ब्यक्तिको सम्पर्कमा रहेका गरेर १ हजार ४ सय ३० जनाको स्वाब संकलन गरेर जाँच गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह