धुन्चे, रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या मंगलबारसम्म एक सय ६ पुगेको छ ।
रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा २३, नौकुण्ड गाउँपालिकामा नौ, कालिका गाउँपालिकामा ४०, आमाछोदिङ्मो गाउँपालिकामा नौ, गोसाइँकुण्ड गाउँपालिकामा १५ र जिल्लाबाहिरका १८ गरी एक सय ६ जना सङ्क्रमित पुष्टि भएको छ । सङ्क्रमितमध्ये गोसाइँकुण्डमा चार, कालिकामा २१, उत्तरगयामा १६ गरी ४१ जना होम आइसोलेसनमा रहेका छन् । नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा अहिले कोरोना सङ्क्रमित छैनन् । हालसम्म एक हजार चार सय ३० जनाको पिसिआर परीक्षण गर्दा एक सय ६ जनामा पोजेटिभ र एक हजार दुई सय ९१ मा नेगेटिभ आएको थियो ।
हालसम्म सङ्क्रमितमध्ये ५३ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय रसुवाका कुमार श्रेष्ठले जानकारी दिए ।