बाल सङ्गठन रसुवामा तेम्पा सिङ्गी, नुवाकोटमा नवीन

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १३:४८
Logo of trishuli prawaha

धुन्चे, नेपाल बाल सङ्गठन नुवाकोटको जिल्ला कार्यसमितिको सभापतिमा नवीन प्रधान र नेपाल बाल सङ्गठन रसुवाको कार्यसमितिको सभापतिमा तेम्पासिङ्गी तितुङलाई नेपाल बाल सङ्गठन बागमती प्रदेशले नियुक्ति गरेको छ ।

     चारवर्षे कार्यकालका लागि नुवाकोट बट्टारका प्रधान र रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका तितुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोअन्तर्गतको नेपाल बाल सङ्गठन बागमती प्रदेशले सभापति नियुक्ति गरेको हो । असोजको अन्तिममा नियुक्ति पाएका प्रधान र तितुङ नेकपाका जिल्लाको पार्टीको युवा नेताको रूपमा स्थापित र सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । बाल सङ्गठन स्थापनादेखि नै काङ्ग्रेसले भ्रातृ संस्थाको रूपमा राख्दा जिल्लामा अस्तित्वविहीन अवस्थामा रहेको थियो । प्रदेशबाट कार्यविधि आएपछि जिल्लामा बाल सङ्गठनको कार्यसमिति विस्तार गर्ने सभापति प्रधान र तितुङले बताएका छन् ।