देउसीभैलो खेल्न रोक

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार १२:०३
Logo of trishuli prawaha

विदुर, नुवाकोटमा यस वर्ष देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै देउसीभैलो नखेल्न जिल्लाबासी समक्ष आग्रह गरेको हो । नेपालीको चाड शुभ दिपावली तथा छठ पर्व २०७७ नजिकिंदै आएको र कोभिड-१९ को जोखिम पनि बढ्दै गईरहेकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आग्रह समेत गरेको छ ।

      भौतिक दूरी कायम गर्न, अनावश्यक भीडभाड गर्न, मेला नगर्न, अनिवार्य रूपमा मास्क लगाउन, नियमित रूपमा साबुन पानीले हात धुन वा सेनिटाईजर प्रयोग गर्न, भोजभतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छ त्यहीँ मनाउन प्रशासनको आग्रह छ । त्यस्तै, दिपावली तथा छठ पर्व मनाउने क्रममा भुइँचम्पा, पटका पड्काउने र आतिसबाजी गर्ने जस्ता बिस्फोटक तथा प्रज्ज्वनशील पदार्थको खरीद, बिक्री, वितरण, ओसारपसार तथा प्रयोग गर्न रोक लगाईएको समेत प्रशासनले सूचनामार्फत जानकारी गराएको छ । प्रशासन कार्यालयद्वारा जारी सूचनाको बर्खीलाप हुने गतिविधी भए गरेको पाईएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो ।