+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बीमा शुरू

स्वास्थ्य बीमा शुरू
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, नुवाकोटको जिल्ला अस्पताल त्रिशूली अस्पतालमा मंसिर १ गतेदेखि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरू हुने भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

      बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्रिशूली अस्पतालबाट प्रवाह हुने सेवामा बीमा कार्यक्रममार्फत दाबी भुक्तानीको लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.राधिका थपलिया र त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा.सुनिता केसीले हस्ताक्षर गर्नुभएको हो । मङ्सिर १ गतेदेखि लागू हुने बीमा कार्यक्रमको लागी दर्ता एवम् सोधपुछ कार्यक्रम सम्बन्धि जानकारी दिनुपर्ने, बिरामीले दाबी गरेका प्रमाणलाई सूचना प्रणालीमा अध्यावधिक गर्नुपर्ने, अस्पतालको परिसरमा औषधी वितरण कक्षको ब्यवस्थापन गर्ने, बीमा गरेकालाई तोकिएको सेवासहित औषधीको सरल रुपमा उपलब्ध गराउनुपर्नेलगायतको शर्त उल्लेख गरिएको छ । सम्झौता पाँच वर्षको लागि गरिएको छ ।

     स्वास्थ्य बीमा कार्यक्रमको लागि न्यूनतम पाँच जनाको परिवार भएमा एक वर्षको तीन हजार पाँच सय शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति ब्यक्ति ४ सय २५ रुपैयाँ थपेर बीमा कार्यक्रममा समावेश हुन सक्ने ब्यवस्था मिलाईएको त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा.केसीले जानकारी दिनुभयो । डा.केसीका अनुसार ‘स्वास्थ्य बीमा कार्यक्रम’को बीमाको दायरामा समावेश भएका सदस्यले एक वर्षलाई प्याकेजमा सेवा पाउने व्यावस्था रहेको छ । अस्पतालबाट प्रवाह हुने अधिकांश सेवादेखि औषधी खरिदसम्ममा बीमा कार्यक्रममा समावेश भएका सदस्यले लाभ लिन पाउने भएकाले स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय र प्रभावकारी मानिएको छ । त्रिशूली अस्पतालबाट हाल विशेषज्ञ सेवा प्रवाहमा बीमा कार्यक्रमा समावेश भएकाले गरीव तथा विपन्न, ग्रामीण क्षेत्रका बिरामीलाई जिल्ला बाहिर गएर उपचार सेवा लिदाँ हुने आर्थिक भार घटाउन बीमा कार्यक्रम लोकप्रिय हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह