+
Search

ताजा अपडेट +

पपुलर +

कालिजंग गणलाई क्युआर कोड हस्तान्तरण

कालिजंग गणलाई क्युआर कोड हस्तान्तरण
त्रिशूली प्रवाह
५ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.-५ स्याफ्रुवेंशीमा रहेको मेगा बैंकले जिल्लाको सुरक्षा र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको कालिजंग गणलाई क्युआर कोड हस्तान्तरण गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

      शाखा प्रबन्धक क्षोक्यालदोर्जे लामाले मंसिर १५ गते आधुनिक बैंकिङ प्रविधी क्युआर कोड प्रविधिबाट गणका कर्मचारीलाई आन्तरिक कारोबारको भुक्तानी प्रणालिमा सहजता ल्याउनको लागि गणपति सर्बेन्द्र नगरकोटीलाई हस्तान्तरण गर्नुभएको थियो । क्युआर कोडले समयको बचतका साथै आर्थिक रुपमा नै धेरै लाभान्वित हुने समेत बताईएको छ ।

      बैंकका शाखा प्रबन्धक लामाका अनुसार शाखामा अहिले पन्ध्र हजार जनाको खाता रहेको र जनताको दुःख सुखमा साथ दिईरहेको छ । आर्थिक रुपमा विपन्न र गरीवको लागि समेत बैंकले सरल कर्जा प्रवाहको साथै अन्य सहयोग गरिरहेको छ । आधुनिक बैंकिङ सेवा दिईरहेकोले सम्पुर्ण रसुवाबासीलाई फाईदा लिनको लागि बैंकले आग्रह समेत गरेको छ । जिल्लाको कुना–कुनामा पुगेर सेवा दिईएको बैंक मेगा बैंकले सस्तो र सरल तरिकाले जनताको काम गर्ने समेत बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह