कालिजंग गणलाई क्युआर कोड हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार ११:४०
Logo of trishuli prawaha
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.-५ स्याफ्रुवेंशीमा रहेको मेगा बैंकले जिल्लाको सुरक्षा र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको कालिजंग गणलाई क्युआर कोड हस्तान्तरण गरेको छ ।

      शाखा प्रबन्धक क्षोक्यालदोर्जे लामाले मंसिर १५ गते आधुनिक बैंकिङ प्रविधी क्युआर कोड प्रविधिबाट गणका कर्मचारीलाई आन्तरिक कारोबारको भुक्तानी प्रणालिमा सहजता ल्याउनको लागि गणपति सर्बेन्द्र नगरकोटीलाई हस्तान्तरण गर्नुभएको थियो । क्युआर कोडले समयको बचतका साथै आर्थिक रुपमा नै धेरै लाभान्वित हुने समेत बताईएको छ ।

      बैंकका शाखा प्रबन्धक लामाका अनुसार शाखामा अहिले पन्ध्र हजार जनाको खाता रहेको र जनताको दुःख सुखमा साथ दिईरहेको छ । आर्थिक रुपमा विपन्न र गरीवको लागि समेत बैंकले सरल कर्जा प्रवाहको साथै अन्य सहयोग गरिरहेको छ । आधुनिक बैंकिङ सेवा दिईरहेकोले सम्पुर्ण रसुवाबासीलाई फाईदा लिनको लागि बैंकले आग्रह समेत गरेको छ । जिल्लाको कुना–कुनामा पुगेर सेवा दिईएको बैंक मेगा बैंकले सस्तो र सरल तरिकाले जनताको काम गर्ने समेत बताईएको छ ।