पुनःनिर्माण प्राधिकरणको एक वर्ष म्याद थप

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार १४:१५
Logo of trishuli prawaha

विदुर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद सरकारले एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

      मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको हो । प्राधिकरणले चालु आर्थिक वर्षभरी बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्नेछ भने बाँकी ५ महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायत काम हुनेछन् ।आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २ सय ७० निजी घर पुनःनिर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको छ ।

      राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको चालू आर्थिक वर्षको पहिलो चौमासिकको समिक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि ब्यक्त भएको छ ।