+
Search

ताजा अपडेट +

पपुलर +

महासंघको केन्द्रिय सदस्यको स्वागत

त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा दोस्रो पटक निर्वाचित राजन श्रेष्ठलाई नुवाकोट उद्योग वाणिज्य संघले बुधबार भब्य स्वागत गरेको छ ।

Utsuk Books & Stationery

      महासंघको ५४औं साधारणसभा तथा अधिवेंशनमा नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठले जिल्ला नगरतर्फबाट केन्द्रिय सदस्य पदमा सर्वाधिक मत प्राप्त गरी दोस्रो कार्यकालको लागि विजयी भएका थिए । कुल खसेको १ सय ५ मत मध्ये ७९ मत ल्याएर विजय हुनुभएको श्रेष्ठलाई संघले स्वागत र सम्मान गरेर कार्यकालको पूर्ण सफलताको कामना गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटा, सल्लाहकार प्रकाशकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष गीता अमात्यले केन्द्रिय सदस्य श्रेष्ठले जिल्लाको उद्योग ब्यवसायी प्रर्वद्धनमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

      संघका अध्यक्ष ताराबहादुर कार्कीले राजन श्रेष्ठलाई विजय गराउन प्रायः जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षसँग भेटघाट गरेर भोट माग्नुभएको थियो । अध्यक्ष कार्कीको कारणले आफूले जिल्ला नगरतर्फको केन्द्रिय सदस्यमा सर्वाधिक भोट ल्याएर जित्न सफल भएको केन्द्रिय सदस्य श्रेष्ठले बताउनु भयो । जिल्ला संघको समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभएको छ । सो कार्यक्रममा संघका सचिव उपेन्द्र बुढाथोकीले निवर्तमान अध्यक्ष राजन श्रेष्ठले महासंघको कार्यसमितिमा दोस्रो कार्यकालको लागि विजयी भई जिल्लाको स्थान र पहिँचान उच्च राख्न सफल भएको बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह