सामुदायिक भवन हस्तानान्तरण

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार १४:१९
  • सरस्वती नयौपाने

धुन्चे, गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ धुन्चेमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय सामुदायिक केन्द्रको भवनको बुधबार हस्तानन्तरण भएको छ ।

      आप्रवासन सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन (आइ.ओ.एम.) नेपालको प्राविधिक सहयोग र रोयल थाई सरकारको आर्थिक सहयोग तथा गोसाइँकुण्ड गाउँपालिकासँग समन्वयमा उक्त भवन २०७६ मंसिर १५ गते निर्माण सम्पन्न भएको थियो । जनताबाट जनताका लागि सहयोग पुनःलाभ र पुनःनिर्माणद्वारा उत्थानशिल समुदाय निर्माण परियोजना (पिट्टपी परियोजना) अन्र्तगत निर्माण भएको भवन गोसाइँकुण्ड गाउँपालिकालाई हस्तानान्तरण गरिएको हो ।

      किरातेश्वर साङदोर्जे जेभीले ९८ लाख ३ हजार ९ सय ११ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको उक्त भवन आइओएमका प्रमुख लेरिना ल्याण्डाले गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलाई हस्तान्तरण गर्नुभएको हो । उक्त हस्तान्तरण कार्यक्रममा ओइओएमका टिम, गाउँपालिका प्रमुख, वडाध्यक्ष, रसुवा माविका प्रधानाध्यापक तेम्पारिसाङ घले, विद्यार्थी जिल्ला समन्वय समितिका सदस्य तेम्पा जिएललगायतको उपस्थित रहेको थियो । भवन आपतकालिन अवस्थाका लागि बनाईएको भएको हो । अघिपछि वडालगायत विद्यालयले यसमा अतिरिक्त क्रियाकलाप गर्न समेत सकिने पालिका प्रमुख कैसाङनुर्पु तामाङले बताउनु भयो ।