+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला प्रशासनमा हुलाक टिकट

जिल्ला प्रशासनमा हुलाक टिकट
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, सेवाग्राहीले अब जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउनुपर्ने निवेदनमा हुलाक टिकट अन्यत्र किन्न जानुपर्ने झन्झट हटेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

      सेवाग्राहीको सुविधा र हितका लागि प्रशासन कार्यालयबाट जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जुमा गरी निरन्तर रुपमा सुधार कार्य अगाडी बढाउँदै गत बुधबारदेखि प्रशासन कार्यालयमै रहेको हुलाक टिकट काउन्टरबाट किन्न पाउने सुविधा थप गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । सरकारी कार्यालय लक्षित काउन्टरको ब्यवस्था गर्नको लागि जिल्ला हुलाक कार्यालयको समन्वयमा प्रशासन कार्यालयभित्रै हुलाक टिकट बिक्री काउन्टर राखिएको प्रजिअ ढकालले बताउनु भयो । टिकट काउन्टर सञ्चालनमा आएसँगै सेवाग्राहीले निवेदन, नागरिकताको सिफारिसलगायत अन्य प्रयोजनका लागि आवश्यक पर्ने हुलाक टिकट तोकिएकै मूल्यमा किन्न पाउने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

       अधिकांश सरकारी कार्यालयमा हुलाक टिकट आवश्यक हुन्छ । उक्त काउन्टरबाट प्रशासन कार्यालय नजिकै रहेको मालपोत, नापी, अदालत, विदुर नगरपालिका वडा नम्बर-२ को कार्यालय र अन्य कार्यालयमा आवश्यक पर्ने हुलाक टिकट सेवाग्राहीले खरिद गरी सहज, सरल र छिटो सेवा प्राप्त गर्न मद्दत पुगेको छ । यस अघि सेवाग्राहीले जिल्ला हुलाक कार्यालयमै गएर किन्नुपर्ने थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह