+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा राजसंस्था पुनस्र्थापनाको माग

नुवाकोटमा राजसंस्था पुनस्र्थापनाको माग
त्रिशूली प्रवाह
५ साल अगाडी

बट्टार, देशभर राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको माग गर्दै जुलुस र सभा भइरहेका छन् । सोमबार नुवाकोटमा पनि राप्रपाको नेतृत्वमा ‘राष्ट्रवादी संयुक्त सङ्घर्ष समिति’ को आयोजनामा विरोध प्रदर्शन र कोणसभा भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

     सङ्घर्ष समितिका संयोजकसमेत रहेका राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीका अनुसार नागरिक समाज तथा समुदायस्तरबाट उठेको मागको सम्बोधन गर्न राजसंस्था पुनस्र्थापना गर्न सरकारलाई दबाब दिन शक्ति प्रदर्शन गरिएको हो । संविधानमा सबै धर्मको रक्षा गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थाको पुनस्र्थापना र सङ्घीयताको पुनः अवलोकनको माग राखेर सोमबार विदुरदेखि बट्टारसम्म विरोध प्रदर्शनसहित कोणसभा भएको थियो । विदुरको लोकतान्त्रिक चौतारामा भेला भएका राप्रपा नेता, कार्यकर्तासहित नवराष्ट्रवादीले बट्टारसम्म ¥याली निकालेर राजसंस्था पुनस्र्थापनाको माग गरेका थिए । बट्टारमा आयोजित सभामा पूर्वअर्थमन्त्री एवम् राप्रपाका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विदेशी शक्तिको आडमा राजनीतिक दलले मुलुकलाई धर्मनिरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउँदै राष्ट्रिय एकता र मुलुकको राष्ट्रियताका लागि राजसंस्था पुनस्र्थापनाको विकल्प नभएको बताए । अहिले माग गरेको राजसंस्था पूर्वराजा ज्ञानेन्द्रलाई ल्याएर राजा बनाउनका लागि नभई राजसंस्थाको परिकल्पनासहितको राजनीतिक व्यवस्था आफूहरूले चाहेको बताए ।

     राजनीतिक व्यवस्थाअन्तर्गत उत्कृष्ट र नमुना मानिएको अहिलेको धर्मनिरपेक्ष, सङ्घीयता र गणतन्त्रको सही रूपमा सदुपयोग नगरी जनताको सन्तान राष्ट्रप्रमुख भए पनि पद र शक्तिको दुरुपयोग गरेर राजसंस्थाभन्दा माथि पुगेको अहंमताको कारण राजसंस्थाकोे स्थापना बाध्यकारी भएको सभाका वक्ताले बताएका थिए । पछिल्लो समयमा नेताहरूको कामकारबाहीप्रति जनताको वितृष्णा बढ्दै गएकाले राजतन्त्र पुनर्बहालीको माग गर्दै प्रदर्शन गरिएको राप्रपा नेता जनकराज पाठकले बताए । प्रदर्शनमा सहभागीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्रियता कमजोर हुँदै गएको र भ्रष्टाचार मौलाएको हुँदा मुलुकको अस्तित्व संरक्षणका लागि हिन्दूराष्ट्रसहित राजतन्त्र पुनस्र्थापना हुनुपर्ने मागसहित पार्टी तथा आफूआबद्ध भएको सङ्घ–संस्थाको साथमा राष्ट्रिय झण्डासमेत लिएर प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह