+
Search

ताजा अपडेट +

पपुलर +

वैशाखसम्म रुबी भ्याली सडकसँग जोडिने

वैशाखसम्म रुबी भ्याली सडकसँग जोडिने
त्रिशूली प्रवाह
५ साल अगाडी

धादिङ, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले आगामी वर्षको वैशाख १ गतेसम्ममा धादिङको विकट स्थान रुबी भ्याली गाउँपालिकालाई सडकमार्गसँग जोड्ने बताएका छन् । उनले वैशाखसम्म सडक विस्तारसँगै गाडी पु¥याउने बताएका छन् ।

Utsuk Books & Stationery

     मन्त्री फुँयालले नयाँ वर्षमा रुवी भ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरेसँगै सडक निर्माणको कामले तीव्रता पाइरहेको छ । रुबी भ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने भएकाले धादिङ मात्र नभई रसुवा, नुवाकोटसहित समग्र बागमती प्रदेशकै हितको लागि रुबी भ्यालीमा सडक पु¥याउने कार्य भइरहेको मन्त्री फुँयालले बताए । मानव विकासको सूचाकाङ्कमा बागमती प्रदेशको ११९औँ स्थानमा अर्थात् सबैभन्दा पुछारमा रहेको स्थानीय तह रुबी भ्यालीमा पिउने पानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कुलोको समेत व्यवस्था बागमती प्रदेश सरकारबाट सञ्चालन हुन लागेको छ ।

     सडक विस्तारसहित सिँचाइ र खानेपानीका लागि धादिङबाट प्रदेश सभा सदस्यमा निर्वाचित जगत सिंखडा र डा. रामकुमार अधिकारीले निरन्तर दबाब दिँदै आएका थिए । प्रदेश सरकारको बहुवर्षीय ठेक्कामा बोराङ हुँदै सेर्तुङ तथा सेर्तुङ हुँदै तिप्लिङसम्मको सडकखण्ड निर्धारित समयभित्र सम्पन्न गराउन, डुण्डुरेखोला पुल सम्पन्न गर्न, डुण्डुरेबाट किम्ताङफेदीसम्मको सडक निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेश सरकारले चासो देखाइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह