+
Search

ताजा अपडेट +

पपुलर +

लाङटाङको चिज गोदाममै सड्दै

त्रिशूली प्रवाह
५ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, नेपालकै जेठो चिज कारखाना लाङटाङ चिज उत्पादन केन्द्रले उत्पादन गरेको चिज (कोभिड-१९) को सङ्क्रमण सुरु भएपछि बिक्री नहुँदा गोदाममै बिग्रिने अवस्थामा पुगेको छ ।
चिज केन्द्रका प्रमुख ग्याल्पो तामाङले बताएअनुसार चार सय चौँरीगाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चिज तथा मखन बिक्री कम हुन थालेपछि गत असोज १५ बाटै चिज उत्पादन बन्द गरिएको छ ।

Utsuk Books & Stationery

      गत जेठ मसान्तबाट भदौ १५ सम्म उत्पादन भएको पाँच लाख १२ हजार रुपैयाँको चिज तथा एक लाख आठ हजार रुपैयाँको मखन अहिले बिक्री गर्न नसक्दा बिग्रिने अवस्थामा पुगेको उनले बताए । केन्द्र प्रमुख तामाङका अनुसार नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि लाङटाङको क्याङजेनमा उत्पादन भएको चिज बिक्री नहुँदा र भण्डारणमा लामो समयसम्म एकै ठाउँमा मात्र राख्दा तौल घट्न गई त्यसको स्वाद र तौल नोक्सानी भइरहेको जानकारी दुग्ध विकास संस्थान लैनचौर काठमाडौंमा गराएको उनले बताए । समयमै स्थानीयस्तरमा बिक्री हुन नसक्दा र ढुवानी गरी काठमाडौं लान नसक्दा आफूले नै नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकोसमेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह