खानेपानी समिति पुनर्गठन

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १३:०६
Logo of trishuli prawaha

त्रिशूलीबजार, विदुर नगरपालिका-१ त्रिशूलीबजारमा खानेपानीको व्यवस्थापन गर्दै आएको त्रिशूली खानेपानी उपभोक्ता समितिको शनिबार अधिवेशन सम्पन्न भएको छ ।

      उक्त अधिवेशनले उपभोक्ता समितिको अध्यक्षमा महेन्द्र श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ, सचिवमा कुमारमान मलेकु श्रेष्ठ, कोषाध्यक्षमा प्रकाशवीर शाक्य र सदस्यमा सुनिल बज्राचार्य, नरेन्द्र अमात्य, राधाकृष्ण नगरकोटी चयन भएका छन् । समितिले त्रिशूलीबजारमा तीन सय ७० वटा खानेपानीका धारा जडान गरी नियमित पानीको व्यवस्थापन गरिरहेको छ ।