पोसाक र शैक्षिक सामाग्री वितरण

  • त्रिशूली प्रवाह
  • १० पुष २०७७, शुक्रबार १२:५४
Logo of trishuli prawaha

विदुर, बिदुर नगरपालिका वडा नम्बर १ मा रहेको ईन्द्रायणी प्राथमिक विद्यालयका १५ जना बालबालिकाको लागी बिद्यालय पोसाक र शैक्षिक सामाग्री उपलब्ध गराईएको छ ।

      काठमाडौं एपिएफ स्कुलको कक्षा ६ मा अध्ययनरत एक बालिकाले आफ्नो जन्म दिनको अबसरमा ईन्द्रायणि प्राथमिक बिद्यालयमा अध्ययनरत १५ जना बालबालीकालाई शैक्षिक सामाग्री र बिद्यालय पोसाक उपलब्ध गराएकी हुन् । दैनिक खाजा खर्च तथा अभिभावक र आफन्तले दिएको रकम खुत्रुकेमा बचत गरी आफु जस्तै बालबालीकालाई सहयोग गरेको १२ वर्षिय बालिका प्राश्ना पाण्डेले बताईन् । ईन्द्रायणी प्राथमिक बिद्यालयमा अध्ययनरत आमाबुवा नभएको, असहाय तथा गरीव बिद्यार्थीलाई उनले उक्त सामाग्री उपलब्ध गराउनुभएको हो । ६ कक्षामा अध्ययनरत पाण्डेले यस अघि पनि सडकमा अलपत्र परेका बालबालिकालाई खाना खुवाउने कपडा दिनेलगायतको सहयोगग गर्दै आईरहेकी थिइन् । काठमाडांैमा अध्ययन गर्दै आएपनि विदुर नगरपालिका वडा नम्बर-१० गेर्खुमा आफ्नो पुरानो घर रहेका कारण आपूm जस्तै स-साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताईन् । आगामी दिनमा गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने, शैक्षिक सामाग्री उपलब्ध गराउँदै जाने उनले बताईन् ।