विद्यार्थीलाई सि.यु.जी. सिम

  • त्रिशूली प्रवाह
  • १० पुष २०७७, शुक्रबार १२:५६
Logo of trishuli prawaha

विदुर, नेपाल सरकारले वैकल्पिक सिकाईसँग जोड्न ३९ लाख विद्यार्थीलाई प्याकेजसहितको निःशुल्क सिम दिन शुरु गरेको छ ।

     सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीको पढाईलाई निरन्तरता दिन निःशुल्क सिमसहित सरकारले कक्षा सञ्चालन गर्न लागेको हो । असोज १ देखि अहिलेसम्म २५ वटा विद्यालयका विद्यार्थीले सिम पाएका शिक्षा विकास तथा मानव स्रोत केन्द्रले जनाएको छ । नेपाल सरकारले विद्यालय सञ्चार सञ्जालीकरण कार्यविधी समेत स्वीकृत गरेको छ । स्वीकृत भएको कार्यविधीअनुसार सबै विद्यार्थीले प्याकेजसहितको सी.यू.जी सिम पाउने भएका छन् । वैकल्पिक सिकाईका लागि एउटा परिवारमा रहेका एक जना विद्यार्थीले मात्रै सिम लिन पाउने जनाईएको छ ।

     देशभर कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थीको संख्या ७२ लाखभन्दा बढी छ । तर इन्टरनेटको पहुँच भएका जिल्लाका विद्यार्थी, बाल विकास समूहका र कक्षा ११ र १२ का विद्यार्थी बाहेकका करीव ३९ लाख विद्यार्थीले यो सुविधा पाउने शिक्षा विकास तथा मानव स्रोत केन्द्रका सूचना अधिकारी डा.माधवप्रसाद दाहालले बताउनुभएको छ ।