राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालको शाखा नुवाकोटमा

  • त्रिशूली प्रवाह
  • १० पुष २०७७, शुक्रबार १२:५८
Logo of trishuli prawaha

विदुर, ‘राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपाल’ को नुवाकोटमा शाखा बिस्तार गरिएको छ । समितिको नुवाकोटको अध्यक्षमा भरतप्रसाद दाहाल चयन हुनुभएको छ ।

      समितिको उपाध्यक्षमा हरीप्रसाद अधिकारी, सचिवमा गोकर्ण न्यौपाने, सह-सचिवमा शुभद्रा ढकाल र कोषाध्यक्षमा सदीक्षा लामिछाने चयन हुनुभएको छ । सदस्यमा जुठे कुमाल र नारायणी लम्साल चयन भएका छन भने बाँकी सदस्य मनोनित गरिने समितिका केन्द्रिय अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिनुभएको छ । विदुरमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाको नगर प्रमुख सञ्जु पण्डित, वडा नं.४ का वडाध्यक्ष टलकमान श्रेष्ठसहितको उपस्थितीमा गठन गरिएको समितिलाई चलायमान बनाएर अघि बढाईने केन्द्रीय अध्यक्ष पौडेलले बताउनुभएको छ ।

      अपाङ्गता भएका ब्यक्तिको लागि राजनीतिक, धार्मिक स्वार्थको रुपमा हुने गरेको प्रयोगले नै पछि परेको भन्दै अपाङ्गता भएका ब्यक्तिहरु सबै एकजुट भएर अधिकार प्राप्त गर्न र पाएको अधिकारको सही रुपमा कार्यान्वयन गराउन दबाव दिनुपर्ने ‘राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपाल’ का अध्यक्ष निलकण्ठ पौडेलले बताउनुभएको छ ।