भैरमकोट, विदुर नगरपालिका वडा नम्बर-८ भैरमकोट रहेको भैरम माध्यमिक विद्यालय कोरोना संक्रमण देखिएपछि अनिश्चितकालको लागि बन्द भएको छ ।
एकैपटक विद्यालका ८ जना शिक्षकमा संक्रमण पुष्टि भएसँगै विद्यालय बन्द भएको विदुर नगरपालिकाले जनाएको छ । अहिले कोरोना संक्रमणका कारण जोखिम आकलन गरी विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।