+
Search

ताजा अपडेट +

पपुलर +

संगम सहकारीबाट त्रिशूली अस्पताललाई पानी शुद्धीकरण उपकरण प्रदान

त्रिशूली प्रवाह
५ साल अगाडी
  • सुनिल श्रेष्ठ

बट्टार, नुवाकोट जिल्लामा अब्बल सहकारीको रूपमा स्थापित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्रिशूली अस्पताललाई पानी शुद्धीकरण गर्ने उपकरण प्रदान गरेको छ ।

Utsuk Books & Stationery

      सहकारीले वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेलाई उक्त शुद्धीकरण उपकरण हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला अधिकारी ढकालले सहकारीमा अध्यक्ष को बन्ने भन्ने होडबाजीभन्दा पनि सहकारीका अवधारणालाई आत्मसात् गर्दै स्थानीयस्तरमा सहकारीले उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने बताए । राजधानीका अस्पतालसरह नै सुविधा पाउने जिल्ला अस्पताललाई थप सुविधासम्पन्न बनाउन आमनागरिकले सहयोग गर्नुपर्ने बताए ।

     सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका बिरामीका लागि शुद्ध खानेपानी पिलाउने उद्देश्यअनुरूप सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई करिब ३२ हजारबराबरको पानी शुद्धीकरण गर्ने उपकरण प्रदान गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले शुद्धीकरण उपकरणले बिरामीमा सुविधा थप पुग्ने बताए । उनले अस्पताललाई शुद्धीकरण उपकरण हस्तान्तरण गरेकोमा सहकारीलाई आभार व्यक्त गरे । जिल्ला सहकारी सङ्घका अध्यक्ष राजेश श्रेष्ठले नाफा कमाउने व्यवसाय मात्र नभई कमाएको नाफामध्ये केही प्रतिशत सामाजिक कार्यमा सहकारीले लगाउनुपर्ने बताए । सहकारीले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर पनि उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह