+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गोसाईँकुण्ड सहकारीको रू.५० हजार

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गोसाईँकुण्ड सहकारीको रू.५० हजार
त्रिशूली प्रवाह
५० मिनेट अगाडी

विदुर । गोसाईँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रू.५० हजार जम्मा गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोट जिल्ला, विदुर-२, बट्टारस्थित सहकारीको सञ्चालक समितिको निर्णयबाट उक्त रकम कोषमा जम्मा गरिएको अध्यक्ष इन्द्रबहादुर पण्डितले जानकारी दिनुभयो ।

सहकारीले गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट वासस्थान गुमेका पाँच सेयर सदस्य र एक कर्मचारीलाई प्रतिपरिवार रू.१०–१० हजार पनि प्रदान गरेको व्यवस्थापक हरिवंश ढकालले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह