+
Search

ताजा अपडेट +

पपुलर +

रेडक्रस सभापति चित्रकार रहेनन्

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति सुरतबहादुर चित्रकारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै गत बिहीबार काठमाडौंको बिपी स्मृति अस्पतालमा भर्ना भएका रेडक्रस नुवाकोट सभापति चित्रकारको उपचारको क्रममा शनिबार राति निधन भएको हो ।

     निरन्तर समाजसेवामा क्रियाशील चित्रकारले रेडक्रस नुवाकोटको नेतृत्वको दोस्रो कार्यकालको जिम्मेवारी बहन गर्दै आएका थिए । रेडक्रसकर्मीको रूपमा निकै सक्रियताको साथ सामाजिक सेवामा खटिँदै आएका उनको निधनले मानवसेवामा समर्पित एक व्यक्ति गुमाएकोमा रेडक्रससहित नुवाकोटका लागि ठूलो क्षति पुगेको महसुस गरिएको स्थानीय समाजसेवी रामहरि गजुरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह