तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १२:४७
Buddha Eyes

कोभिड-१९ ले धराशायी बनेको अर्थतन्त्र पुरानो लयमा फर्किने सङ्केत देखिए पनि देशमा प्रतिगमन भन्ने शब्द जनबोली बनेको छ । सबै नीतिको प्रमुख राजनीति भएकाले काङ्ग्रेसको वैधानिक र नेकपाको अस्तित्व लडाइँले देश थप बर्बादीतर्फ धकेलिरहेको छ । काङ्ग्रेस महाधिवेशन गर्ने मिति सार्दा-सार्दै फागुनमा पुगेको छ । यो मितिमा नहुने निश्चित छ । साँढेको फल झर्ला र खाउँलामा काङ्ग्रेस बस्दा कार्यकर्ता बाहिरिरहेका छन् । नेकपाको अस्तित्व के होला भन्दा पनि आफ्नै अस्तित्वको चिन्ता गर्न बिर्सेको देख्दा तेस्रो आँखालाई काङ्ग्रेसको दया लागेको छ । जिल्लामा आजभोलि नेकपाको गतिविधिले कोरोना डराएको हो कि परीक्षण नगरिएको हो स्वास्थ्य कार्यालयलाई थाहा होला ! डबल नेकपाका नेता÷कार्यकर्ताले पार्टी र कार्यालय बिर्सिसकेका भए पनि अहिले बिहानदेखि बेलुकासम्म पार्टी कार्यालयमै चिया-नास्तामा भुल्दा विदुरमा चहल-पहल राम्रै छ । सत्ताको डगार कार्यकर्ता र नेताले प्रदर्शन थालेपछि प्रहरी प्रशासनलाई कार्यालय र नेताको सुरक्षामा केन्द्रित हुनुपर्दा सिडिओ सा’वलाई ज्वरो आएको गाइँगुइँ चलेको छ । दैनिक भेला बैठकले नेकपाको विदुर कार्यालयको शौचालय जामको खबर भाइरल भएको छ ।