साथी सहकारीको नाफा साढे ६ लाख

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १२:५०

बट्टार, नुवाकोटको बट्टारमा ०६७ भदौ ६ गतेदेखि कारोबार सञ्चालन गरेको साथी उपभोक्ता सहकारी संस्थाले गत आ.व.मा ६ लाख ४७ हजार दुई सय ९५ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

     सहकारीको ०७७ असार मसान्तसम्म एक हजार एक सय तीन सेयर सदस्य रहेका छन् । सहकारीले गत आ.व.मा आठ करोड १३ लाख ३२ हजार एक सय ८२ रुपैयाँ बचत सङ्कलन गरी दुई करोड ८८ लाख २० हजार आठ सय ८८ रुपैयाँ ऋण लगानी गरेर ६ लाख ४७ हजार दुई सय ९५ रुपैयाँ खुद नाफा आर्जन गरेको अध्यक्ष राजनमान श्रेष्ठले जानकारी दिए । सहकारीले पुस ९ गतेदेखि ११ गतेसम्म सरकारबाट घोषित स्वास्थ्य मापदण्डको पालना गरेर ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । सहकारीको कुल सेयरपुँजी ५१ लाख १६ हजार ६ सय रुपैयाँ रहेको कोषाध्यक्ष गोकुलबहादुर श्रेष्ठले बताए । सहकारीले गत आ.व. ०७५/७६ को तुलनामा आ.व. ०७६/७७ मा बचतको अनुपातमा २० प्रतिशत वृद्धि भएको लेखा समितिका संयोजक रोमनाथ आचार्यले जानकारी दिए । त्यसैगरी आ.व. ०७५/७६ को तुलनामा आ.व. ०७६/७७ मा ऋण लगानी १० प्रतिशतले घटेको छ ।